राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि आन्दोलन सुरु गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्दैछ।

पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आजदेखि आन्दोलन सुरु गर्न लागेको हो। काठमाडौंको भृकुटी मण्डपमा हुने आन्दोलनमा पार्टीका शीर्ष नेताको सहभागिता रहने प्रवक्ता मोहन श्रेष्ठले बताए।

आन्दोलनका लागि राप्रपाले समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवीलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय