काठमाडौं। काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। मृत्यु हुनेमा आमा र दुई छोरी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ रहेको प्रहरीले बताएको छ ।
ईश्वरी र उनका छोरीहरु आफ्नै डेरामा मृत अवस्थामा भेटिएका हुन् ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।