काठमाडौं सितापाइला घटना: श्रीमती र छोरीहरुको हत्यापछि एक युवाले आत्महत्या गरेको खुलासा

काठमाडौं। काठमाडौंको सितापाइलामा एक व्यक्तिले श्रीमती र छोरीहरुको हत्यापछि आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित डेरामा बस्दै आएका सोलुखुम्बुका राजु घिमिरेले श्रीमती ईश्वरी श्रेष्ठ र छोरीहरु अनिषा र शिवानीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन्।

बुधबार बिहान टाउकोमा चोट लागी हत्या गरिएको अवस्थामा ईश्वरी र उनकी छोरीहरुको शव फेला परेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार घटनास्थलभन्दा केही पर जंगलमा राजुको शव पनि झुण्डिएको अवस्थामा भेटिएको हो।राजुले श्रीमती र छोरीहरुको हत्या गरेपछि आत्महत्या गरेका उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय