पाँच दिनदेखि जारी रौतहट ईशनाथको कर्फ्यू हटाइयो

रौतहट । विगत पाँच दिनदेखि रौतहटको ईशनाथ नगरपालिकामा लगाइएको कर्फ्यू आज बेलुकाबाट हटाइएको छ।

ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वतीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं। २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो।

बुधबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सूचना प्रकाशित गर्दै बेलुका ५ बजेदेखि लागू हुने गरी पूर्ण रूपले कर्फ्यू हटाएको जानकारी दिएका हुन्।

अहिले स्थिति सामान्य भइसकेको जनाउँदै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) को ५ बमोजिम बेलुका ५ बजेबाट कर्फ्यू हटाइएको जानकारी दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय