एमालेको जारी केन्द्रीय कमिटी बैठक आज सकिने

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सकिँदैछ।

आजको विहान ११ बजे बस्ने बैठकमा ९ समूहमा भएको छलफलकाे टोली नेताले अवधारणामाथि समूहगत छलफलमा उठेका विषयमा बैठकमा पेश गर्ने कार्यसूची रहेको एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेले बुधबार ९ वटा समूह बनाएर छलफल गरेको थियो। स्थायी कमिटीको समूहबाट सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजङ्ग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास समूहबाट केन्द्रीय सदस्य पेम्बा लामाले समूहगत छलफलमा आएको विषयलाई आजको बैठकमा पेश गर्ने कार्यतालिका छ। बैठक आजै सक्ने एमालेको तयारी छ।

एमालेमा अनुशासन, आचरण, विधि र कार्य पद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय