गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको निन्दा

अरब लिगले गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावप्रति भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेको छ। अमेरिकी कदमप्रति महासचिव अहमद अबोल घिट गहिरो खेद व्यक्त गरेका हुन्। ​​

घिटले यस्ता घटनामा सम्बन्धित पक्षको राजनीतिक र नैतिक जिम्मेवारीलाई जोड दिएका छन्। ​उनले गाजामा इजरायली आक्रमण लम्ब्याउन अमेरिकाको राजनीतिक र नैतिक जिम्मेवारी रहेको प्रतिक्रिया दिएका छन्।

अमेरिकी स्थितिले अन्तर्राष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको र संयुक्त राष्ट्रसंघले देखेको पक्षाघातमा योगदान पुर्‍याएको उनको भनाइ छ।

मंगलबार न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा प्यालेस्टिनी क्षेत्रमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रहरूको तर्फबाट पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो।

अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन थियो भने अमेरिकाले यसविरुद्धमा भिटो गरेको थियो। बेलायतले त्यसको विरोध गरेको थियो ।

गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय