प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि नेमकिपा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौतालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्दा सांसदको संख्या ६९ हुनुपर्नेमा ६५ मात्र भएकाले सभामुख घिमिरेले बैठकको कार्यसूचीको कार्यक्रम हटाई बैठक स्थगित भएको घोषणा गरे।

सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय