काठमाडौं । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ।
आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो। १८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। क्यानडाको जितमा निकोलस किर्तनले नटआउट ५८ रनको योगदान दिए। त्यस्तै, आरोन जोनसनले ४२ र नभनित धाइवालले ३८ रन बनाए। बलिङमा क्यानडाका हर्ष ठाकेर, डिलन हेइलिजर र निकोलस किर्तनले समान २/२ विकेट लिए। त्यस्तै कालेम साना र साद जाफरले समान १/१ विकेट हात पारे।
नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए। शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए। यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे। त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १/१ विकेट लिए।