काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले इराकविरुद्ध ५-० को फराकिलो जित निकालेको छ।
बिहीबार बेलुकी साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा पाँचै गोल सावित्राले गरेकी हुन्। उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन्।
दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ। यसअघि पहिलो नेपालले खेलमा सिरियालाई ४–१ ले हराएको थियो ।
लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने भएको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग हार बेहोरेको थियो ।
नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ।