काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा करोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।