मोरङमा ट्रक पल्टिँदा तीन जनाको मृत्यु

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।

मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे.२९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो।घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय