संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको बताए ।

यस्तै उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने दाबी गरे । उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यकोतर्फबाट पाउन नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर