अभिनेत्री रेखा थापा बनिन् छोरीकी आमा

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् । तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय