नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका सर्वेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले दुई लाख ५० हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुदा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा ललितपुर मालपोत कार्यालयका नासु प्रदीप पौडेल, विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जारा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय