आफूहरु न्याय नपाएसम्म घर नफर्किने मिटरब्याजपीडितको अडान

काठमाडौं । लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।

मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका निम्ति गठित आयोगको म्याद सकिएको उनको भनाइ छ ।
उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुला गराउनुपर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज र वडामा दर्ता ‘फर्जी तमसुक’ अवैध घोषणा गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय