वाफ वुमन्स च्याम्पियनसिपमा प्यालेस्टाइनमाथि नेपालको जित

काठमाडौं। वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक/एक गोल गरे। सावित्रा भण्डारीले नेपालका लागि ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै खेलको ५९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याएकी थिइन् । भने भण्डारीले ७८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यस्तै गीताले खेलको अतिरिक्त समयमा नेपालले पाएको पेनाल्टी सदूपयोग गर्दे गोल गरेकी थिइन् ।

यसअघि नै प्रतियोगिताको सेमिफाइन पुगेको नेपाल आजको जितसँगै समूह ‘बी’ काे विजेता बनेको छ । भने प्यालेस्टाइन उपविजेता बनेको छ । समुह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् । नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय