काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुँदैछ ।
नेपालको घेरेलु मैदान कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल आइतबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । समान एकएक खेल जितेका नेपाल र नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा हुनेछन् । नेपाल घरेलु मैदानको फाइदा उठाउने दाउमा छ । यसअघि नामिबियासँगको लगातार दोस्रो खेलमासमेत पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताइसकेका छन् ।
नेपाल पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको जित निकालेको नेपाल तेस्रो खेलमा नामिबियासँग दुई विकेटको हार भोगेपछि कप्तान पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताएका हुन् ।
तीन देशको अन्तिम खेल आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुन लागेको हो ।