माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी डाकिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ। यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्ताका कारण स्थगित भएको थियो।

बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा छलफल हुने बताइएको छ। यसअघि बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए। माओवादीले आगामी चैत १ गतेदेखि तराई(मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय