काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाइरहेको विषय संसद्मा उठाएको छ। रास्वपा संसदीय दलका उपनेतासमेत रहेका सांसद विराजभक्त श्रेष्ठले यो विषय सदनमा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको प्रतिनिधिसभाको शून्य समयमा उहाँले पत्रकारहरूले विभिन्न कालखण्डमा निर्वाह गरेका भूमिकाबारे उल्लेख गेका हुन् । सांसद श्रेष्ठले श्रमजीवी पत्रकारहरूको समस्या हल नभए लोकतन्त्रसमेत नफस्टाउने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय विभिन्न संचार माध्यमहरूले तीन महिनादेखि करिब सात महिनासम्म श्रमजीवी पत्रकारहरूलाई नियमित तलब नदिएको अवस्था छ।