नेपाली जनताले गणतन्त्रको विकल्प खोजेनन्: अग्नि सापकोटा

काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रूपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गरेका हुन् ।

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनै पनि दुष्प्रयासहरू सफल नहुने पनि दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय