कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । फागुनको दोस्रो हप्तासम्म आइपुग्दा पनि जाडो घटेको छैन । पछिल्लो समय झन् देशभर चिसो धेरै महसुस गरिएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय