१४ किलो सुन प्रकरणमा मुछिएका जीवनकुमार गुरूङ पक्राउ

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ। सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट उनलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट मंसिर २१ गते १४ किलो सुन बरामद भएको थियो। त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।

यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो। गुरूङ प्लाटिनम कलेजका सञ्चालक समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय