काठमाडौं। लघुवित्त पीडितहरु संसद भवन परिसरमै छिरेका छन्। लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु आज सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन्।
करिब ५० जनाको संख्यामा रहेका पीडितहरु प्रवेश गरेका हुन्। उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको छ । पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।
संघीय संसद भवनभित्र पास बिना प्रवेश गर्न रोक लगाइएको छ।