गजल गायक पंकज उधासको निधन

मुम्बई । वरिष्ठ गजल गायक पंकज उधासको निधन भएको छ ।

उधासको आज ७२ वर्षको उमेरमा निधन भएको उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय