नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन्। नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय