काठमाडौं। आज आठ वटा संसदीय समितिको बैठक बस्दै छ। अर्थ समितिको बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। सिंहदरबारमा बस्ने समितिको बैठकमा आन्तरिक छलफल हुनेछ।
यसैगरि प्रतिनिधिसभामा बिहान ११ बजे बस्ने बैठकमा महिला तथा सामाजिक मामिला समितिले अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसाँस्कृतिक सहिष्णुता प्रवर्धनमा आयोगले खेलेको भूमिकाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
यसैगरि शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छललफल गर्ने कार्यसूची छ। यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै राष्ट्रिय सभाअन्तर्गत बिहान ११ बजे बस्ने बैठकमा दिगो विकास तथा सुशासन समितिले सुशासनलगायतका विषयमा अन्तरक्रियात्मक छलफल गर्नेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण तथा व्यावसायिक वातावारण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ मा सैद्धान्तिक छलफल हुनेछ।
यसैगरि राष्ट्रिय सभाअन्तर्गतनै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पहिचान, आवास तथा भूमिमाथिको पहुँच लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।