सुनको मूल्य आज स्थिर

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय