काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पक्राउ गरेको छ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। न्यौपानेसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट आजै पक्राउ गरेको हो।
न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताए ,
प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकका सीईओ रहेका न्यौपाने बैंक गाभिएपछि वरिष्ठ डेपुटी सीईओ बनेका थिए।