न्याभ कपः ३ मार्चमा सेमिफाइनल हुँदै, कुन कुन क्रिकेट क्लबले गर्दैछन् प्रतिस्पर्धा ?

मेलवर्न । नेपाली संघ भिक्टोरिया न्याभद्वारा आयोजित १९ औं न्याभ कपको क्वार्टरफाइनलको खेलहरु ग्त आइतवार सम्पन्न भएका छन् ।

म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजन र होम्स कलेजको सहप्रायोजनमा आयोजित न्याभ कपमा १७ क्रिकेट क्लबले प्रतिस्पर्धा गरेका थिए । जस अन्तर्गत गत आइतवार भएको क्वार्टरफाइनलबाट ट्राइकोन क्रिकेट क्लब, चितवन क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज र ब्राइटन एभरेष्ट क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

ट्राइकनले फार वेस्ट हन्टर्सलाई ७ विकेटले हरायो भने चितवन क्रिकेट क्लबले चितवन राइनोज क्रिकेट क्लबलाई १७ रनले हरायो । यस्तै हिमालयन क्लबविरुद्ध एक्सपर्ट सगरमाथा ब्लुजले ८ रनले जित दर्ता गर्यो भने गुल्मी टाइगर्सलाई ब्राइटन एभरेष्ट क्रिकेट क्लबले ८ विकेटले हरायो ।

यो पनिः १९औं न्याभ कपः करिब १० हजार डलर पुरस्कार दिइने, १७ क्रिकेट क्लबहरुवीच प्रतिस्पर्धा

उक्त खेलमा सर्वाेत्कृष्ट खेल खेल्ने खेलाडीहरु ट्राइकनबाट विशिष्ठ, ब्राइटनबाट सागर खड्का, एक्सपर्ट सगरमाथाबाट सुमित चौधरी र चितवन क्रिकेट क्लबबाट अमृत श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन् ।

न्याभ कपको सेमि फाइनल आगामी आइतवार हुने छ भने ग्रान्ड फिनाले कार्यक्रम १० मार्चमा हुनेछ । जेसि डोनेथ रिजर्भ रिजर्भाेयरमा चलिरहेको उक्त प्रतियोगिताको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलाडीहरु कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी सहभागि हुँदैछन् ।

मल्ल र ऐरीले बालबालिकाहरुलाई क्रिकेट तालिम दिने कार्यक्रम रहेको छ भने चन्दसहित दुवै खेलाडीहरुलाई अभिनन्दन गरिने न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले बताए ।
यस्तै १० मार्चमै हुने न्याभ अवार्ड सेरेमोनी र गाला डिनरको पनि तयारी भइरहेको छ ।

यो पनिः न्याभ कपमा बालबालिकाहरुको क्रिकेट क्याम्प गरिदै, दिपेन्द्र ऐरी र कुशल मल्लले तालिम दिने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय