आजदेखि मतदाता नामावली अद्यावधिक हुँदै

काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक हुँदैछ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ।

आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दलदर्ताका लागि सूचना प्रकाशन हुनेछ। यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ। चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय