नेपाल आइडलको पाँचौँ संस्करण २५ गतेदेखि प्रसारण हुने

काठमाडौँ । नेपाल आइडलको पाँचौँ संस्करण यही फागुन २५ गतेदेखि प्रसारण हुने भएको छ । निर्माण संस्था एपीवान टेलिभिजनले एक कार्यक्रमकाबिच प्रदर्शन मिति जानकारी दिएको हो ।

जज राउन्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन् । पाँचौँ संस्करणमा पहिलो, दोस्रो र तेस्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहेका छन् । प्रस्तोता आसिफ साह र रिमा विश्वकर्मा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय