काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एकजना पक्राउ परेका छन् । सुनजस्तो देखिने पहेँलो रङको धातुको पत्थर जडित गरगहनासहित काभ्रे घर भई हाल भक्तपुरको मध्यपुर थिमिमा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठ पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट बुधबार राति उनी काठमाडौं आएका थिए । करिब ४६ ग्राम २० मिलिग्राम तौलको औँठी दुईथान र ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री एकथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

