काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता गरेको बताएकी छन् ।
आजको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहे पनि कर्मचारी समेत उपस्थिति नभएको बताएकी हुन् ।
उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा। प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरूले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ भन्दै प्रश्न गरिन् ।