नेदरल्यान्ड्ससँग नामिबिया पराजित

काठमाडौं । माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराएको छ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो ।

नेदरल्यान्ड्सका बलर टिम भान डर गगटेनले दुई विकेट लिए । जारी शृंखलामो दोस्रो खेल खेलेको नामिबियाको यो पहिलो हार हो । यसअघि शृंखलाको उद्घाटन खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो । दुई खेल खेलेको नेपालले भने हालसम्म जित हात पार्न सकेको छैन । प्रतियोगिता अन्तर्गत नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय