वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जित्यो, नेपालको हार

काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो। जोर्डनबाट पेनाल्टी प्रहारका लागि आएका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे।

नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले बिफल बनाइन्।

त्यसअघि अल फैसल रंगशालामा खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन्। २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्।

पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन। ७३ औँ मिनेटमा जोर्डनकी लाना फेरसले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय