नामिबियाविरुद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला फिल्डिङ रोजेका छन्।

फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ। यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो।

नेपालको प्लेइङ एघारमा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय