कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भइरहेको महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय