अफ्रिकामा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित

एजेन्सी । हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम०ले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनाएको छ।

संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले विस्थापित जनसङ्ख्या अधिकांश सुडान ९४९ प्रतिशत०, सोमालिया ९१९ प्रतिशत०, इथियोपिया ९१९ प्रतिशत० र दक्षिण सुडान ९११ प्रतिशत० रहेको उल्लेख गरेको छ।

सुडानमा द्वन्द्वको प्रकोपका कारण ८१ लाख मानिस जबरजस्ती विस्थापित भएको पाइएको छ जसमा आन्तरिक रूपमा ६३ लाख र छिमेकी देशहरूमा १९ लाख, रहेको आईओएमले जनाएको छ ।

यस क्षेत्रमा विस्थापनका अन्य कारणहरू ‘एल निनो’ वर्षासँग जोडिएको खडेरी र बाढी जस्ता प्राकृतिक प्रकोपहरू रहेको विज्ञहरूले बताएका छन् । प्राकृतिक प्रकोपका कारण सृजित खाद्य असुरक्षा पनि विस्थापनको मुख्य कारण बनेको छ ।

आगामी महिनाहरूमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या बढ्न सक्ने अनुमान छ किनभने यस क्षेत्रमा मार्च र मे महिनामा भारी वर्षा हुने र वर्षाजन्य प्रकोप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

विकाससम्बन्धी अन्तरसरकारी प्राधिकरण जलवायु पूर्वानुमान केन्द्रले हालै गरेको पूर्वानुमानमा प्राकृतिक प्रकोपबाट सोमालिया, केन्या, इथियोपिया र दक्षिण सुडानका साथै युगान्डा र तान्जानिया बढी प्रभावित हुनसक्ने देखिन्छ ।

प्रतिवेदनका अनुसार अनुसार हालैको बाढी, द्वन्द्व र खडेरीका कारण अफ्रिकाको ग्रेटर हर्न क्षेत्रमा लगभग ५ करोड ८० लाख मानिसहरू खाद्य असुरक्षामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय