काठमाडौं । उदयपुरको कटारीमा जीप बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब प्रहरी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी–७ मजेतपुरमा दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चौधरीका अनुसार विराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।