अछामको वैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी

काठमाडौं । अछामको साँफेवगरस्थित वैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ ।

आज दिउँसो हवन कुण्डमा आगलागी भएको हो । १ सय ४४ वर्षमा एक पटक लाग्ने कोटी होम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन ।

यद्यपि तेलको ठाउँमा मट्टितेल पर्दा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । फागुन १० गतेदेखि शुरु भएको कोटी होम फागुन २५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय