पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

लेकसाइडबाट जिरोतर्फ जाँदै गर्दा बा.प्र०२–०३४प ५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय