पाकिस्तानको २४औँ प्रधानमन्त्री बने शहबाज शरीफ

एजेन्सी । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता हुन् ।

उनी दोस्रो पटक सरकारको नेतृत्व गर्दैछन् । पाकिस्तानको उनी २४औँ प्रधानमन्त्री हुन् ।

आइतबार ३३६ सदस्यीय संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा शरीफले २०१ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे । अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन् ।

पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले प्रस्ट बहुमत हासिल गर्न नसक्दा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टीबिच गठबन्धनका आधारमा सरकार गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय