राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकियो, नयाँले आज शपथ लिने

काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ। ६ वर्ष कार्यकाल पूरा गरे उनिहरुको पदावधि हिजोदेखि सकिएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो।

त्यस्तै कांग्रेसका चार सांसद रमेशजंग रायमाझी, अनीता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा भए । माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा भए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ।

रिक्त हुने २० मध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन्। उनीहरुले आजै शपथ लिनेछन्। एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय