नयाँ गठबन्धनबाट पहिलो चरणमा चार जनाले मन्त्रीको शपथ लिने

काठमाडौं । आज बिहान मात्रै बनेको नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज चार जनाले मन्त्रीको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आज नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।

पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ। जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय