संसद् बैठक स्थगित

काठमाडौं। संसद् बैठक स्थगित भएको छ। सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। सूचनामा भने बैठक स्थगितको कुनै औपचारिक कारण खुलाइएको छैन।

‘विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको छ,’ संसद् सचिवालयको सूचनामा भनिएको छ।

नेपाली काँग्रेससहितको सत्ता गठबन्धन भत्केर एमाले र रास्वपा सरकारमा सहभागी भएका छन्। सरकार नै परिवर्तन हुने भएपछि सभामुख देवराज घिमिरेले संसद् बैठकबारे दलहरूका नेतासँग छलफल गरेका थिए। उक्त छलफलपछि सूचना टाँसेर स्थगित गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’कै नेतृत्वमा नयाँ मन्त्रीमण्डल बन्ने भएको छ। संसद् बैठक २४ गतेसम्मका लागि स्थगित भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय