काठमाडौं। नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले नेकपा एकिकृत समाजवादी पार्टीलाई गठबन्धनमा लैजाने निर्णय गरेको छ। पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका सचिव राम कार्कीले जानकारी दिए।
देशको सर्वपरि हितका लागि नेकपा एसलाई मिलाएर लैजाने निर्णय भएको उनले बताए। उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताउँदै वामपन्थी पृष्ठभूमि भएका माधव नेपालको पार्टीलाई छाड्नै नमिल्ने सचिव कार्कीले बताए।