राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुगेका हुन्।

सत्ता गठबन्धनसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसे लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

यसअघि प्रधानमन्त्रीले नेपाल सरकारका कामहरूबारेमा जानकारी दिन राष्ट्रपतिलाई भेट्ने गर्थे भने यस भेटलाई भने राजनीतिक उतार चढावसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय