सरकारबाट बाहिरिएको कांग्रेसका मन्त्रीले आफै राजीनामा नदिने

काठमाडौं । कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक रमेश लेखकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने बताएका छन् । आज मात्रै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गर्नुभएको छ । सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर