गाजामा युद्धविराम गर्न मध्यस्थकर्ताहरूसँगको वार्ता जारी

गाजामा युद्धविराम गर्न हमासले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग वार्ता जारी राखेको छ।

इजिप्टका सुरक्षा स्रोतले सिन्ह्वालाई बताएअनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार उल्लेखनीय प्रगति भएको थियो। स्रोतले प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० दिनसम्म लडाइँ रोक्ने र ४०० प्यालेस्टिनी बन्दी बराबर वृद्ध र सर्वसाधारणसहित ४० जना इजरायली बन्धक आदानप्रदानको व्यवस्था मिलाउने लगायतका विषय समेटिएको बताएका छन्।

प्रस्तावित सम्झौताले युद्ध प्रभावित क्षेत्रमा दैनिक ६० हजार वटा सार्न मिल्ने घर, एक लाख २० हजार टेन्ट बोकेको ५०० वटा ट्रकको प्रवेश सुनिश्चित गर्ने लगायतका विषय समेटेको बताइएको छ।

इजिप्टले यसअघि युद्धविराममा ‘निष्पक्ष सम्झौता’मा पुग्न कतारी र अमेरिकी पक्षहरूसँग काम गरिरहेको छ। इजरायलले अहिलेसम्म कायरोमा प्रतिनिधिमण्डल पठाएको छैन।

सञ्चार माध्यमका अनुसार हमासले जीवित बन्धकको सङ्ख्या यकिन नगरेसम्म र प्रत्येक बन्धकको लागि कति प्यालेस्टिनी कैदी हस्तान्तरण गर्नुपर्ने भन्ने व्यहोरा नखुलाएसम्म इजरायलले कायरोमा प्रतिनिधिमण्डल नपठाउने बताएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार गाजा युद्ध शुरु भए यता इजरायलको जवाफी कारबाहीमा ३० हजार ५३४ प्यालेस्टिनी मारिएका छन् र ७१ हजार ९२० जना घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय