इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग सेफिल्ड युनाइटेड पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई ६–० ले पराजित गर्दै कीर्तिमान जित निकालेको छ।

यससँगै आर्सनलले लिभरपुल र म्यानचेस्टर सिटीसँगै उपाधि होडमा कायम राखेको छ। सेफिल्डको घरेलु मैदानमा आर्सनलले पहिलो हाफमै पाँच गोलको अग्रता लिएको थियो। त्यसमा मार्टिन ओडेनगार्ड, ग्यार्ब्रिएल मार्टिनेल, केइ हार्भिटेज र डेक्लने राइले गोल गरे। एक गोल जेडेन बोगलको नाममा आत्मघती रह्यो।

दोस्रो हाफमा बेन ह्वाइटले थप एक गोल गरे। यससँगै आर्सनल माथिल्लो डिभिजनको इतिहासमै घर बाहिर लगातार तीन खेलमा पाँच अथवा त्यो भन्दा बढी गोल गर्ने टिम बन्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय